×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंक र दराजबीच सम्झौता, दराज महाबचत योजनामा ग्राहकहरुलाई १० प्रतिशत छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा बैंक र दराजबीच सम्झौता, दराज महाबचत योजनामा ग्राहकहरुलाई १० प्रतिशत छुट

Artha Sarokar

४ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज महाबचत योजनामा’ विशेष छुट दिने सहकार्य गरेको छ । यो योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान तथा सेवा खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम एक हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् १५ सय रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको  छ । छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर संकलन गर्नुपर्नेछ ।

यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (EMI) सुविधा पनि प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्ने हुन्छ । अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने भिडियो सहितको प्रकृया सानिमा बैंकको आधिकारिक YouTube channel (https://youtu.be/aCHTzUKKO0o) मा राखिएको छ ।

यो योजना २०८० श्रावण ४ देखि श्रावण १४ गतेसम्म ११ दिनका लागि लागू हुनेछ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी