Skip to content
LAXMI SUNRISE BANK

सानिमा बैंकको एटिएम बुथ धादिङको ताल्तीमा संचालन, वित्तीय पहुँच पुर्याउने उद्देश्य

अर्थ सरोकार

काठमाडौं । सानिमा बैंकले धादिङको ताल्तीमा एटिएम बुथ संचालनमा ल्याएको छ । धादिङका स्थानीय बासीहरु माझ वित्तीय पहुँच पुर्याउने उद्देश्यले सानिमा बैंकले श्रावण १० गते, बुधबार बेनीघाट रोराङ गाउँपालिका, ताल्तीमा अवस्थित Hauxin सिमेन्ट नारायणी प्रा. लि. उद्योगको परिसरमा ए.टि.एम. बुथको स्थापना गरेको हो ।

उक्त एटिएम बुथको एक समारोहकाबीच बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष हेमराज भुजेल, सो उद्योगका जेनेरल मेनेजर Xiang Chang Hong तथा बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठ तथा बाग्मति प्रदेश क्लस्टर २ का प्रमुख  निरज सिम्खडाद्वारा संयुक्त रुपमा उद्धघाटन गरिएको बैंकले जनाएको छ ।

समुद्धघाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष हेमराज भुजेल तथा जेनेरल मेनेजर Xiang Chang Hong ले यस गाउँपालिकामा बैंकिङ सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गरेकोमा बैंकलाई धन्यबाद दिएका थिए ।

त्यसैगरी, बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठले यस क्षेत्रको जनताको वित्तीय आवश्यकतालाई महसुस गरी एटिएम. स्थापना गर्न अवसर जुटाइदिने सम्पूर्ण सरोकारवालालाई धन्यबाद ज्ञापन गर्दै उक्त एटिएमको भरपूर उपयोग गर्दै यस क्षेत्रका बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गरेकी थिइन् । साथै, आगामी दिनमा पनि वित्तीय पहुँचका अन्य क्षेत्रमा पनि सहकार्य गर्दै जाने जानकारी गराइन् ।

उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यबाद ज्ञापन तथा कार्यक्रमको संचालन सानिमा बैंकका डिजिटल बैंकिङ प्रमुख बिक्रम श्रेष्ठले गरेका थिए ।

सानिमा बैंकको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु रहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK