×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिहा भए पनि सकिएको छैन बल्छी ध्रुवेलगायतको मुद्धा, जेल जाने सम्भावना अझै अधिक !

PRIME CA
GLOBAL IME BANK

रिहा भए पनि सकिएको छैन बल्छी ध्रुवेलगायतको मुद्धा, जेल जाने सम्भावना अझै अधिक !

२८ असार २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रतिबन्धित अनलाइन बेटिङ प्लेटफर्म ‘वान एक्स बेट’को विज्ञापन गरेको अभियोगमा पक्राउ गरेका मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) लगायतका युट्युवर र कलाकार धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंले पाँच हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएसँगै उनीहरु रिहा भएका हुन् ।

तर, उनीहरु रिहा भए पनि अदालतमा दर्ता भएको मुद्धाको फैसला हुन भने बाँकी छ । उनीहरुविरुद्ध विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग छ । जसअन्तर्गत उनीहरुलाई विज्ञापन ऐनकै दफा २५ को उपदफा २ अनुसार सजाय माग गरिएको छ । जसमा एकवर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।

अदालतको आदेशमा धरौटीमा रिहा भए पनि मुद्धा फैसला हुन बाँकी रहेकोले उनीहरु उक्त प्रकरणमा जेल जाने सम्भावना अधिक देखिन्छ । यद्यपी उनीहरुले ‘वान एक्स बेट’ प्रचार गर्नू अवैध हो भन्ने नै थाहा नभएको बयान प्रहरीसमक्ष दिएका छन् ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा बल्छी ध्रुवे र राजुमास्टरसँगै जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पनि पक्राउ गरेको थियो । यता सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल भने फरार छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: