×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वित्तीय विवरण समयमा बुझाउन सूचीकृत कम्पनीहरुलाई बोर्डको निर्देशन, सूचना दिन ढिलो गरे कार्वाही गर्ने चेतावनी !

PRIME CA

वित्तीय विवरण समयमा बुझाउन सूचीकृत कम्पनीहरुलाई बोर्डको निर्देशन, सूचना दिन ढिलो गरे कार्वाही गर्ने चेतावनी !

१२ श्रावण २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नियामक नेपाल धितोपत्र बोर्डले सयममै सूचना, जानकारी तथा विवरण नबुझाउने सूचीकृत कम्पनीलाई कार्वाही गर्ने भएको छ । सूचीकृत कम्पनीलाई वित्तीय विवरण र वार्षिक प्रतिवेदन समयमै बुझाउन निर्देशन दिँदै समयमा विवरण पेश नगर्ने संस्थालाई कार्वाही गर्ने चेतावनी दिएको हो ।

बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु त्रैमासिक अवधि सकिएको ३० दिनभित्र पेश गर्न निर्देशन दिएको छ । त्यस्तै, बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १५ अनुसार संस्थाको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले पाँच महिनाभित्र पेश गर्न पनि निर्देशन दिएको छ ।

त्यस्तै, संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा २० को उपदफा (४) बमोजिम अनुपालना प्रतिवेदनको मुख्य–मुख्य बुँदाहरु सहितको प्रमाणित सारांश वार्षिक प्रतिवेदनमा समावेश गर्न निर्देशन दिएको छ । धितोपत्र सम्बन्धी कानुनमा उल्लेख भएका यस्ता अन्य सूचना, जानकारी तथा विवरणहरु उल्लेखित समयमा नै पेश गर्नुपर्ने बोर्डद्धारा जारी सूचना उल्लेख गरिएको छ ।

बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुको सूचना, जानकारी तथा विवरण प्रवाहलाई व्यवस्थित गर्न धितोपत्र सम्बन्धी कानूनमा विभिन्न व्यवस्थाहरु कार्यानवयन गराउन उक्त निर्देशन दिएको बोर्डले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: