×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसईई रिजल्ट: २ देखि २.४ जीपीए ल्याउने सबैभन्दा धेरै, २२ हजार ४७५ विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याए

PRIME CA

एसईई रिजल्ट: २ देखि २.४ जीपीए ल्याउने सबैभन्दा धेरै, २२ हजार ४७५ विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याए

२१ असार २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले जानकारी दिएको छ । त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।

सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए । एसईईमा १.६ देखि २.० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७, १.२० देखि १.६० जीपीए ल्याउने ३८ हजार ७७० र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या २ हजार २०० रहेको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: