×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘साउन लाग्या छ हजुर साउन लाग्या छ, पशुपतिमा पूजासँगै ‘सेल्फी’ खिच्ने रहर जाग्या छ…! (फोटो-कथा)

PRIME CA

‘साउन लाग्या छ हजुर साउन लाग्या छ, पशुपतिमा पूजासँगै ‘सेल्फी’ खिच्ने रहर जाग्या छ…! (फोटो-कथा)

८ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । यसैपनि पशुपतिनाथ मन्दिरमा सधैंजसो भीड नै हुन्छ । साउन, शिवरात्री र तीजजस्ता चाडबाडमा पशुपतिको रौनक झनै बेग्लै हुन्छ । साउनको दोस्रो सोमबार (आज) पशुपतिमा भक्तजनहरुको अचाक्ली भीड देखिएको छ ।

सोमबार बिहानैदेखि पशुपतिनाथको मन्दिरमा बाहिरसम्मै दर्शनार्थीहरुको लाइन छ । संगै छ, दर्शनपछी सेल्फी खिच्नेहरुको भीड । पशुपतिनाथको भ्रमणलाई सम्झन लायक बनाउन होस् वा पशुपति घुमेका यादहरु फेसबुक, टिकटमा पोष्ट गर्न वा अरुले खिचेको देखेर रहर नै किन नलागोस् ? पशुपतिको मूलगेट बाहिर सेल्फी खिच्नेहरु प्रशस्तै भेटिन्छन् ।

साउनको सोमबार पशुपतिनाथमा पूजा आराधानासँगै सेल्फी खिच्नेहरुको यो दृश्यले  धार्मिक आस्थासँगै रमाइलो अनुभूति गराए पनि  समग्रमा पशुपतिनाथको प्रवर्दन गरेको छ ।  आन्तरिक पर्यटनको प्रवर्दन गरेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: