×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तराष्ट्रिय सौर्य गठबन्धनको क्षेत्रीय समितिको बैठकमा सहभागी हुन शक्ति बहादुर बस्नेत अबुधावी प्रस्थान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अन्तराष्ट्रिय सौर्य गठबन्धनको क्षेत्रीय समितिको बैठकमा सहभागी हुन शक्ति बहादुर बस्नेत अबुधावी प्रस्थान

Artha Sarokar

७ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । संयुक्त अरव इमिरेट्सको अबुधावीमा हुने अन्तराष्ट्रिय सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँचौं बैठकमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेत नेतृत्वको तीन सदस्यीय टोली आइतबार प्रस्थान गरेको छ । उक्त बैठक यहि २४-२६ जुलाई २०२३ मा हुनेछ ।

आई.एस.ए. का सदस्य राष्ट्रहरु,एशिया-प्रशान्त क्षेत्रका देशहरू मध्ये सम्भाव्य सदस्य राष्ट्रहरु, साझेदार संगठनहरुको बैठकमा सहभागिता रहने जनाईएको छ । भारत र फ्रान्सको संयुक्त प्रयासको रूपमा स्थापित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई.एस.ए)सँग सम्बन्धित करार सम्झौताबाट सदस्य राष्‍ट्रहरूलाई सौर्य ऊर्जा प्रविधिहरु प्रयोग गरी ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देषित गर्ने र जलवायु परिवर्तन कम गर्न सहयोग प्राप्त गर्न सक्नेछन् ।

नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रको लगानी एवं आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्न यस गठबन्धनबाट मद्दत पुग्ने बताइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी