काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३९.२६ अंकले घटेर २०४९.४४ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २७७ कम्पनीको ८० लाख ९२ हजार ९ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १६ करोड ४९ लाख १२ हजार ५ सय ९६ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबार सेयर बजारमा सिटि होटल लिमिटेडका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा रावा इनर्जी डेभलपमेन्ट, सिटिजन्स मुचुअल फण्ड-२, प्रोग्रेसिभ फाइनान्स बैंक, नेपाल फाइनान्स र हिमालयन हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबार सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १६ करोड ४९ लाख १२ हजार ५ सय ९६ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हिमालयन लाइफ इन्स्योरेन्स, सोल्टी होटल, स्वभालंबन लघुवित्त वित्तिय संस्था, हिमालयन डिष्ट्रीलरी र एशियन लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबार सेयर बजारमा बिपीडब्लु लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य नेगेटिभ सर्किट घटेको हो । बिपीडब्लु लघुवित्तमा यस्तो गिरावट आउँदा मोदी इनर्जी, सिटिजन्स म्युचुअल फण्ड-१, मन्दाकिनी हाइड्रोपावर र सीवाईसी लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्