काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १२.६२ अंकले घटेर २०८४.९३ बिन्दुमा पुगेको हो ।
बिहिबार नेप्सेमा कुल २९६ कम्पनीको ९३ लाख ७५ हजार ४ सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ३९ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २३ करोड ९३ लाख ९३ हजार ३ सय ४८ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहीबारको सेयर बजारमा १०% एनएमबि डेबेञ्चर २०८५ का लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा १०.२५ % एसबिएल डेबेञ्चर २०८३, एनआइबिएल सम्वृद्धि फन्ड-२, सिटिजन्स म्युचुअल फण्ड-१, सानिमा ग्रोथ फण्ड र एनआइबिएल ग्रोथ फण्डका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २३ करोड ९३ लाख ९३ हजार ३ सय ४८ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल दूरसंचार कम्पनी, चिलिमे हाइड्रोपावर कम्पनी र हिमालयन डिष्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा पिपुल्स हाइड्रोपावरले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । पिपुल्स हाइड्रोपावरमा यस्तो गिरावट आउँदा हिमालयन पावर, बुद्धभुमि नेपाल हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त र रिडी पावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्