×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार नेप्से परिसूचक ९.९१ अंकले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मंगलबार नेप्से परिसूचक ९.९१ अंकले बढ्यो

Artha Sarokar

२ श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ९.९१ अंकले बढेर २१५४.०७ बिन्दुमा पुगेको हो ।

मंगलबार नेप्सेमा कुल २५५ कम्पनीको ८६ लाख ७६ हजार ४ सय ३८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ५४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार स्वाभलम्बन लघुवित्त वित्तिय संस्थाको भएको छ । यस कम्पनीको २१ करोड ७७ लाख ३९ हजार ८ सय ६३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै मंगलबारको सेयर बजारमा बिपीडब्लु लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा युनाईटेड अजोड इन्स्योरेन्स, शुवम पावर, युनिलिभर नेपाल, उपकार लघुवित्त वित्तिय संस्था र एनएमबि डेबेञ्चर ८.५०% का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार स्वाभलम्बन लघुवित्त वित्तिय संस्थाको भएको छ । यस कम्पनीको २१ करोड ७७ लाख ३९ हजार ८ सय ६३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स र सोल्टी होटलको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा सानिमा लार्ज क्याप फण्डले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । सानिमा लार्ज क्याप फण्डमा यस्तो गिरावट आउँदा ग्लोबल आइएमइ ब्यालेन्स फण्ड-१, सिटिजन्स म्युचुअल फण्ड-१, सानिमा ग्रोथ फण्ड र हिमालयन उर्जा विकास कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी