×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ११.१७ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्व ३४ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बुधबार ११.१७ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्व ३४ करोडमाथिको कारोबार

Artha Sarokar

३ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ बिन्दुमा पुगेको हो ।

बुधबार नेप्सेमा कुल २६० कम्पनीको ८६ लाख ७४ हजार १ सय ९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ३४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार युनाईटेड अजोड इन्स्योरेन्सको भएको छ । यस कम्पनीको २३ करोड ५७ लाख ४५ हजार ४ सय ५७ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबारको सेयर बजारमा बिपीडब्लु लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा बिशाल बजार कम्पनी, युनाईटेड अजोड इन्स्योरेन्स, बोटलर्स नेपाल (तराई), सिटिजन्स बैंक इन्टरनेशनल र प्रभु बैंकका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार युनाईटेड अजोड इन्स्योरेन्सको भएको छ । यस कम्पनीको २३ करोड ५७ लाख ४५ हजार ४ सय ५७ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा एनआइसी एशिया बैंक, शिवम् सिमेन्ट, फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तिय संस्था, हिमालयन लाइफ इन्स्योरेन्स र कुमारी बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा एनआइबिएल सम्वृद्धि फण्ड-२ ले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । एनआइबिएल सम्वृद्धि फण्ड-२ मा यस्तो गिरावट आउँदा १२% गुडविल फाइनान्स लिमिटेड डेबेञ्चर २०८३, सनराइज फोकस्ड इक्वटी फण्ड, १०% प्राईम डेबेञ्चर २०८८ र सिभिल बैंक डेबेञ्चर २०८८ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी