×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार १.३१ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बिहीबार १.३१ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

४ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १.३१ अंकले बढेर २१६३.९२ बिन्दुमा पुगेको हो ।

बिहिबार नेप्सेमा कुल २६४ कम्पनीको ८४ लाख २४ हजार १ सय ८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १४ करोड २३ लाख १७ हजार ८७ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहीबारको सेयर बजारमा विशाल बजार कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा लिबर्टी इनर्जी कम्पनी, अपर हेवाखोला हाइड्रोपावर, बोटलर्स नेपाल (तराई), दोल्ति पावर कम्पनी र सिभिल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १४ करोड २३ लाख १७ हजार ८७ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक, नबिल बैंक र हिमालयन डिष्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा सिटिजन्स म्युचुअल फण्ड-२ ले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । सिटिजन्स म्युचुअल फण्ड-२ मा यस्तो गिरावट आउँदा कुमारी इक्वटी फण्ड, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड, सामुदायिक लघुवित्त वित्तिय संस्था र मेगा म्युचुअल फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी