×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार २६.६६ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सोमबार २६.६६ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

८ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २६.६६ अंकले घटेर २२००.५० बिन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा कुल २६५ कम्पनीको २ करोड ९ लाख ७९ हजार ८ सय ८७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्व ७३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको २५ करोड ५६ लाख ६९ हजार ८ सय ४१ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै सोमबारको सेयर बजारमा किसान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा नेपाल रिइन्स्योरेन्स कम्पनी, बलेफी हाइड्रोपावर, बिपीडब्लु लघुवित्त वित्तिय संस्था, ग्लोबल आइएमई बैंक र एनएमबि हाइब्रिड फण्ड एल-१ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको २५ करोड ५६ लाख ६९ हजार ८ सय ४१ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा ग्लोबल आइएमई बैंक, प्रभु बैंक, शिवम् सिमेन्ट, कुमारी बैंक लिमिटेड र नबिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा एनआइबिएल ग्रोथ फण्डले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो । एनआइबिएल ग्रोथ फण्डमा यस्तो गिरावट आउँदा लिबर्टी इनर्जी कम्पनी, विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र स्वोरोजगार लघुवित्त विकास बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी