काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३६.१९ अंकले घटेर २१६४.३१ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २६७ कम्पनीको ७७ लाख १६ हजार २ सय ७७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ९१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोल्टी होटल लिमिटेडको भएको छ । यस कम्पनीको १५ करोड २७ लाख ७९ हजार ७४ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा किसान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा सिटि होटल लिमिटेड, रिभर फल्स पावर लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी सोल्टी होटल लिमिटेडको भएको छ । यस कम्पनीको १५ करोड २७ लाख ७९ हजार ७४ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, ग्लोबल आइएमई बैंक, एभरेस्ट बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड र नेपाल रिइन्स्योरेन्स कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा नबिल डेबेञ्चर २०८५ ले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो । नबिल डेबेञ्चर २०८५ मा यस्तो गिरावट आउँदा बिपीडब्लु लघुवित्त वित्तिय संस्था, ८.५% सानिमा डेबेञ्चर २०८७, सिटिजन्स बैंक इन्टरनेशनल र माउनटेन इनर्जी नेपालमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्