काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ८.११ अंकले घटेर २१५६.२० बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २६० कम्पनीको ७३ लाख ९९ हजार ४ सय ७४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ४३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार ग्लोबल आइएमई बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको १५ करोड १२ लाख ५३ हजार ९ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा किसान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा ग्रिन डेभलपमेन्ट बैंक, बाराही हाइड्रोपावर, बरुण हाइड्रोपावर, बिशाल बजार कम्पनी र इमेर्जिङ्ग नेपालका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार ग्लोबल आइएमई बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको १५ करोड १२ लाख ५३ हजार ९ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन लाइफ इन्स्योरेन्स, एभरेस्ट बैंक लिमिटेड र हिमालयन डिष्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो । जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्थामा यस्तो गिरावट आउँदा युनिलिभर नेपाल, सिटिजन्स म्युचुअल फण्ड-१, सृजनशील लघुवित्त वित्तिय संस्था र पिपुल्स पावर लिमिटेडमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्