काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २९.७१ अंकले घटेर २१२६.४८ बिन्दुमा पुगेको हो ।
बिहीबार नेप्सेमा कुल २७१ कम्पनीको ६२ लाख ७१ हजार ७ सय ७७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ४२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १० करोड ५७ लाख ५९ हजार ९ सय ६६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहीबारको सेयर बजारमा एनआइसी एशिया फेल्क्सी क्याप फण्डका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था, इमर्जिङ्ग नेपाल, अभियान लघुवित्त वित्तिय संस्था, सिक्लेस हाइड्रोपावर र १२ % गुडविल फाइनान्स लिमिटेड डेबेञ्चर २०८३ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १० करोड ५७ लाख ५९ हजार ९ सय ६६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा हिमालयन लाइफ इन्स्योरेन्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, एभरेस्ट बैंक लिमिटेड र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा किसान लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो । किसान लघुवित्त वित्तिय संस्थामा यस्तो गिरावट आउँदा प्रोग्रेसिभ फाइनान्स, माई खोला हाइड्रोपावर, मिथला लघुवित्त र बरुण हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्