×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार झिनो अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ७८ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सोमबार झिनो अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ७८ करोडमाथिको कारोबार

Artha Sarokar

२५ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ०.८० अंकले घटेर २०७६.९६ बिन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा कुल २९३ कम्पनीको १ करोड ११ लाख ८२ हजार ३ सय ३५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व ७८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोल्टी होटलको भएको छ । यस कम्पनीको ३३ करोड १२ लाख ९० हजार ९ सय १२ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै सोमबार सेयर बजारमा रावा इनर्जी डेभलपमेन्टका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, स्वेत-गंगा हाइड्रोपावर, अरुण काबेली पावर, नेपाल फाइनान्स लिमिटेड र १०.३५% अग्रिकल्चर बैंक डेबेञ्चर २०८३ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबार सेयर बजारमा सबैभन्दा बढी कारोबार सोल्टी होटलको भएको छ । यस कम्पनीको ३३ करोड १२ लाख ९० हजार ९ सय १२ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हिमालयन लाइफ इन्स्योरेन्स, प्राइम कमर्सियल बैंक प्रमोटर सेयर, शिवम् सिमेन्ट, सिटि होटल लिमिटेड र एनएमबि बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबार सेयर बजारमा हिमालयन हाइड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । हिमालयन हाइड्रोपावरमा यस्तो गिरावट आउँदा सिटि होटल, सिद्धार्थ इक्वटी फण्ड, सुपर मादी हाइड्रोपावर र बाराही हाइड्रोपावर पब्लिक लिमिटेडमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी