×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार २५.३१ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बुधबार २५.३१ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

२७ असार २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २५.३१ अंकले बढेर २०९७.५५ बिन्दुमा पुगेको हो ।

बुधबार नेप्सेमा कुल २८९ कम्पनीको ८५ लाख ४ हजार ३ सय ७८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व १८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३३ करोड ९३ लाख ५१ हजार १ सय १ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबार सेयर बजारमा शिव श्री हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा सिवाईसी नेपाल लघुवित्त, रिभर फल्स पावर, लक्ष्मी इक्वटी फण्ड, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड र शुवम पावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबार सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३३ करोड ९३ लाख ५१ हजार १ सय १ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हिमालयन लाइफ इन्स्योरेन्स, सोल्टी होटल, नेपाल दूरसंचार कम्पनी, हिमालयन डिष्ट्रिलरी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबार सेयर बजारमा रावा इनर्जी डेभलपमेन्टले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । रावा इनर्जी डेभलपमेन्टमा यस्तो गिरावट आउँदा नेपाल फाइनान्स, सम्वृद्धि फाइनान्स,गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र सेन्ट्रल फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी