×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिनामंगलमा शंकास्पद वस्तु राख्ने एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिनामंगलमा शंकास्पद वस्तु राख्ने एक जना पक्राउ

Artha Sarokar

३ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको स्थानबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि बुधबार बिहान शंकास्पद वस्तु फेला परेको थियो ।

नेपाली सेनाको टोलीले शंकास्पद वस्तु निष्कृय पारेको हो । सो शंकास्पद वस्तु बम नभई नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको छ । साथै, शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको  प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी