काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रतिनिधि सभा सरकारको कठ पुतली नभएको भन्दै आक्रोश पोखेकी छिन् ।
आइतवार प्रनिनिधि सभा बैठकमा उनले सांसदहरुलाई सरकारले ल्याउन चाहेको विधेयक र गर्न चाहेको कामको विवरण अभिवेशन सुरु हुनुपूर्व नै जानकारी गराउनु पर्ने भन्दै सरकारले मनोमानि गरेको तर्क गरेकी हुन् ।
अधिवेशन पूर्व सदनमा आवश्यक विधेयकहरुको जानकारी दिनुपर्ने र त्यसमा छलफल गराउनुपर्ने माग गर्दै उनले सदनलाई कठपुतलीको रुपमा नलिन सरकारलाई आग्रह गरेकी थिइन् । उनले भनिन्, ‘सरकारलाई जे जे मन लाग्छ, ति कानूनहरु यसरी ल्याउने हो भने त जुन चार्ट एउटा प्रतिनिधि सभालाई अधिवेशन सुरु हुनुभन्दा अगाडि नै सांसदहरुलाई जानकारी गराउन पर्छ भन्ने कुरा राखेको हो र आज पनि दोहो¥याउन चाहान्छु ।’
कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले, छलफलका लागि पेश गरेको राष्ट्रिय सभामा उत्पति भएको मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा गौतमले आफूहरुलाई उक्त विषयको ड्राफ्ट समेत उपलब्ध नगराइएको भन्दै आपत्ति जनाएकी हुन् । ‘आज विधेयक सदनमा टेवल भएर सैदान्तिक छलफल हुँदै छ तर, सांसदहरुसंग आज जुन विषयमा छलफल हुदै छ त्यो विधेयकको एउटा प्रति पनि छैन् । के को आधारमा सैद्धान्तिक छलफल गर्दैछौं हामी ?’
गौतमले सरकारले ल्याउन चाहेको विधेयक र सदनमा गर्न चाहेको कामको बारेमा सांसदहरुलाई पूर्व जानकारी गराएर मात्रै विधेयकमाथि छलफल गराउन समेत आग्रह गरेकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्