×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउनको पहिलो सोमबार पशुपतिनाथमा श्रद्धालुको लर्को… (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

साउनको पहिलो सोमबार पशुपतिनाथमा श्रद्धालुको लर्को… (फोटो-कथा)

१ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साउन महिनाको पहिलो सोमबार देशभरका शक्तिपिठमा भक्तजनको घुँइचो लागेको छ । अझ आज (सोमबार) औँशी परेका दिन बिहान मौन स्नान गरी पुजाआजा गरी मनाइएको छ ।

सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ । श्रावण कृष्ण औँशी आज सोमबार परेको हो । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलेर स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ ।

सोमबारे व्रतको दोस्रो सोमबार अर्थात साउन महिनाको पहिलो सोमबार काठमाडौंको पशुपतिमा धर्मावलम्वीहरुको थामिनसक्नुको भीड छ । पशुपतिमा आज (सोमबार) हरियो सारी, चुरा, पोतेमा सजिएका महिलाहरुको खास उपस्थिति रहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: