काठमाडौं । गुगलले गर्न नसकेको काम नेपालमा गर्ने स्टार्टअप गल्ली म्यापले स्टार्टअप वर्ल्ड कप २०२३ नेपालको ताज पाएको छ। बिहिबार सम्पन्न स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा गल्ली म्यापले अरु सबैलाइ पछि पार्दै नेपाल च्याम्पियनको ताज जितेको हो । देशभरका स्टार्टअपहरुबीच भएको प्रतिस्पर्धामा टप टेन र प्रदेश तथा नगर तहबाट प्रतिस्पर्धा गरेका ५ जनाबीच भएको प्रतिस्पर्धामा गल्ली म्याप उत्कृष्ट भएको हो ।
विश्वभरका लगभग १०० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिस्पर्धा नेपालमा स्टार्टअपहब नेपालले आयोजना गरेको हो । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअपहब नेपालमार्फत वर्ल्डकप नेपाल भित्र्याएको हो ।
स्टार्टअप हब नेपालले नेपालमा स्टार्टअप वर्ल्डकपको आयोजना गर्दै आइरहेको छ । यस पटक गरिएको स्टार्टअप तेस्रो सिजन हो । स्टार्टअप वर्ल्डकप नेपाल एडिसनको उद्धघाटन अर्थमन्त्री डा.प्रकाशशरण महतले गरेका हुन् । उनले कार्यक्रमलाई सम्बोधन गर्दै सरकार स्टार्टअपहरुलाई प्रवद्र्धन गर्न र उनीहरुको इन्नोभेसनमा सपोर्ट गर्न सदा तयार रहेको र यसपाली बजेटमा पनि सम्बोधन गरेको बताएका छन् ।
स्टार्टअप वर्ल्डकपका विजयी गल्ली एक्सप्रेसका राजविक्रम महर्जनलाई स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भू पोखरेल र पेगासिस टेक भेन्चरका पार्टनर तथा स्टार्टअप वर्ल्डकप नेपाल २०२३ का एम्बेस्डर सिसिलिया लरासातीले अवार्ड हस्तान्तरण गरेकी हुन् ।
स्टार्टअप वर्ल्डकपको बिहिबारको प्रतिस्पर्धामा उत्कृष्ट ५ स्टार्टअपहरुमा Galli map, Quickfox consulting, Diyo AI, Aster Innovation,Kleanit upcyclers रहेका छन् । बिजयी महर्जनले अमेरिकाको सिलिकन भ्यालिमा विश्वब्यापी प्रतिस्पर्धामा सहभागी हुने अबसर प्राप्त गरेका छन् । स्टार्टअप विश्व बिजेता बन्न सकेमा एक मिलियन डलर (१३ करोड नेपाली रुपैया बराबर) लगानी पुरस्कार पाउने आयोजकले बताएका छन् । बाँकी तस्बिरमा हेर्नुहोस् :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्