×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँका प्लस टु कलेजमा ‘यौन विपासु’हरुको बिगबिगी, यौन दुर्व्यवहार-काण्डपछि सेन्टलरेन्समा छात्राहरुको चासो न्युन !

PRIME CA
GLOBAL IME BANK

काठमाडौँका प्लस टु कलेजमा ‘यौन विपासु’हरुको बिगबिगी, यौन दुर्व्यवहार-काण्डपछि सेन्टलरेन्समा छात्राहरुको चासो न्युन !

२४ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । सुन्दा अलि नमिठोजस्तो, अलि ‘स्ल्याङ्ग’जस्तो । तर यथार्थ । एसईई सकेका भर्खरका कलिला चेलीहरुलाई आँखा लगाउने ‘बोका टिचर’हरुको बिगबिगी छ यति बेला काठमाडौँका विभिन्न कलेजहरुमा । एसईई सकेका भर्खरका कलिला चेलीहरुलाई आँखा लगाउने, उनीहरुलाई विभिन्न बहानामा फकाउने, बदनियत राखेर छुने र आफ्नो यौन इक्षा मेट्न पल्किएका शिक्षक नाममा यौन विपासुहरु अहिले पनि कलेजमा थुप्रै भेटिन्छन् । केहि विद्यार्थी शिक्षकको दुर्व्यवहारबारे बोल्छन् भने कोहि बोल्न सक्दैनन् । नाबोलिएका थुप्रै घटनाहरु पर्दापछाडी अझै पनि छन् । केहि घटना बाहिर आएका छन् ।
सेन्ट लरेन्स कलेजमा छोरी-चेली पढाउँदै हुनुहुन्छ भने होसियार !
केहि समय अगाडी एउटा घटना सतहमा आयो । घटना थियो काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजको । को कलेजमा शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भए । एक दिन होइन, दुई दिन होइन लामो समय देखि विद्यार्थीलाई दुर्व्यवहार गर्न थालेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेका थिए । पछि प्रहरीले ती शिक्षकलाई पक्राउ गरी लागेको थियो भने विद्यार्थीहरुले कलेजमा ठुलै आन्दोलन गरेका थिए । त्यति बेला पनि पीडीतहरु धेरै थिए । एक होइन, दुई होइन, थुप्रै छोरी-चेलीलाई दुर्व्यवहार गरेपछि विद्यार्थीहरु बाध्य भएर प्रहरीकहाँ पुगेका थिए । ती शिक्षक ‘बिहे गरेपछि बुढीसँग तीन महिनामात्रै रमाइलो हुँदो रहेछ विल यु बि माई सेक्स पार्टनर’ भन्थे । उनको प्रस्ताव नमान्नेलाई रेस्टिकेट गरिदिने थम्की दिन्थे । साथीहरूसँग हिँड्दा पनि बोलाएर उनीहरूसँग किन हिँडेको, भन्ने गर्थ्ये। कलेज फी, बस भाडा पनि लिन्नँ कसैलाई नभन्नु, मसँग सेक्स गर्नु भन्थे ।
कलेजले लामो समय ती यौन विपासु शिक्षकलाई संरक्षण गरेको आरोपसमेत विद्यार्थीहरुले लगाए । तर सो प्रकरण आफुकहाँ कम्प्लेनका रुपमा आउने बित्तिकै नीजलाई बर्खास्त गरिसकेको तर्क कलेजको छ ।  तर अहिले पनि विद्यार्थी भर्ना गर्न आउने विद्यार्थी र तीनका अभिभावकहरुले सो कलेजमा रहेका यौन विपासुका बारेमा सोध्ने गरेका छन् ।
यौन-दुर्व्यवहार काण्डपछि सेन्ट लरेन्स कलेजमा छात्राहरुको चासो न्युन !
यतिबेला एसईईको नतिजा सार्वजनिक भईसकेको छ । कलेजहरु विद्यार्थी भर्नाको चटारोमा छन् । तर यहि यौन दुर्व्यवहार काण्डका कारण यतिबेला सेन्ट लरेन्स कलेजमा छात्राहरुको चासो निकै कम छ। कलेजले केहि दिनपछि इन्ट्रान्स परिक्षा राखेको छ । तर सो परिक्षामा सामेल हुन चाहाने महिला विद्यार्थीहरुको संख्या पनि निकै कम छ ।   सो कलेजमा हाल काम गरिरहेका एक कर्मचारीले सो प्रकरणकै कारण छात्राहरुको भर्ना सार्है न्युन भएको स्वीकारे । ‘एक दुई जनाले मात्र थाहा पाएको केस होइन, मिडियामा छरपष्ट नै भएको केस हो । त्यसैले पनि अभिभावकहरु यो कलेजमा आफ्ना छोरीहरुलाई भर्ना गराउन मानिरहेका छैनन् । यौन दुर्व्यवहार गर्ने शिक्षक त अहिले कलेजमा छैनन्, तर पनि विद्यार्थीहरु र अभिभावकहरु यो कलेज बदनाम छ भनेर कलेजमा महिला विद्यार्थीहरुलाई भर्ना गर्न इक्षा व्यक्त गरिरहेका छैनन् ।’
यस विषयमा कलेजका प्रमुख केशब प्रसाद दंगाललाई प्रतिक्रिया लिन खोज्दा उनले अर्थ सरोकार प्रतिनिधिलाई नै आफ्नो सामाजिक संजालबाट नै ब्लक गरिदिएका छन् । यसले पनि कलेजभित्र यस्ता प्रकरण अन्य पनि हुन सक्छन् र कलेज यस विषयमा बोल्न सकिरहेको छैन भन्ने कुरा प्रष्ट हुन्छ । यस अघि पनि दंगालको फेसबुकमा पनि धेरैले सोहि दुर्व्यवहार प्रकरणबारे प्रतिक्रिया दिईरहेका हुन्थे । कलेजका प्रिन्सिपल पुरुषोतम महर्जनले भने विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कलेजले सोहि समयमा बर्खास्त गरिसकेको बताउँदै आएका छन् । यद्यपी कलेजले यस्ता घटना नदोहोरिउन् भनेर के कस्ता काम भईरहेका छन् भन्ने विषयमा भने बोल्न मानिरहेको छैन ।
कलेजका प्रिन्सिपल भन्छन्- ‘केस अदालतमा विचाराधीन छ, त्यसले कलेजलाई कुनै फरक पारेको छैन’
यता कलेजका प्रिन्सिपल पुरुषोतम महर्जनले भने यो केस अदालतमा विचाराधीन भएको र त्यसले कलेजलाई कुनै पनि फरक नपारेको दाबी गरेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले सो प्रकरण हुँदै गर्दा प्रहरीसम्म केस नपुगेकै बेला बोर्ड बैठकले ती आरोपितलाई बर्खास्त गरिसकेको दाबी गरेका छन् । ‘केस प्रहरीसम्म पुगेकै थिएन । हामीले अघिल्लो दिन नै बोर्ड बैठक राखेर उनलाई बर्खास्त गरिसकेका थियौँ । पछि केस प्रहरीसम्म पुग्यो । विद्यार्थीहरुले पनि मान्छे झिकाउनुपर्छ लगायतका माग राखे, जुन ठिक थिएन । कतिपयले यो केस बलात्कारको केस हो सम्म पनि भने, त्यसो पनि थिएन । यो मौखिक दुर्व्यवहारको केस थियो । अहिले अदालतमा मुद्धा विचाराधीन छ ।’ यो केसले सेन्ट लरेन्स कलेजलाई हेर्ने दृष्टिकोण पनि ठिक नभएको विषयमा समेत उनले त्यसो नभएको दाबी गरे । ‘ १ जना गलत निस्कियो भनेर सबैलाई गलत भन्न मिल्दैन । सेन्ट लरेन्स कलेज विद्यार्थीहरुको माया पाएको कलेज हो । हामीलाई सो घटनाले केहि पनि फरक पारेको छैन ।’
बाहिर नआएका घटना कति हुन् कति !
यसो त काठमाडौँका विभिन्न कलेजहरुमा यस्ता बाहिर नआएका धेरै घटनाहरु छन् । कतिपय घटनामा त शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेपछि मिलापत्रसमेत भएको छ । केहि घटना प्रहरीसम्म पुगेको छ भने केहि घटनाहरु अझै पनि अदालातमा विचाराधीन छ । तर यौन विपासुहरुको यस्तो बिगबिगी हुँदा पनि कलेज संचालकहरुको छाता संगठन वा कलेजहरुलाई नियमन गर्ने निकायले यस विषयमा खास चासो देखाएको छैन । जसले गर्दा सेन्ट लरेन्समा भएकाजस्ता घटनाहरु पुन: नदोहोरिएलान् भन्न सकिने स्थिति छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: