काठमाडौं । पोखरा महानगरपालिकाले पोखरा महानगरपालिका–२१ का सुन्तला उत्पादक किसानलाई सुन्तला बगैँचा व्यवस्थापन अभियानअन्तर्गतको प्रोत्साहन रकम हस्तान्तरण गरेको छ ।
वडाभित्र सुन्तला उत्पादन गरिरहेका कृषकको बगैँचा व्यवस्थापनअन्तर्गत प्रतिबोट रु एक सयका दरले कूल रु २५ लाख ५० हजार हस्तान्तरण गरिएको हो । ‘सिक्टस ग्रिनिङ’लगायतका ‘भाइरस’ एवं रोगका कारण विभिन्न स्थानमा सुन्तलाखेती सङ्कटग्रस्त बन्दै गएका अवस्थामा विगत चार वर्षयता महानगरपालिकामा सञ्चालित सुन्तला बगैँचा व्यवस्थापन कार्यक्रमले सकारात्मक प्रभाव पारेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताएका छन् ।
पछिल्लो डेढ दशकयता कास्कीका सुन्तला उत्पादनका पकेट क्षेत्र विभिन्न रोगका कारण सङ्कटग्रस्त बन्दै गएसँगै महानगरपालिकाले बगैँचा व्यवस्थापन अभियान थालेको उहाँले जानकारी दिए । प्राविधिकसहितको टोलीले प्रत्येक कृषकको सुन्तला बगैँचामा पुगेर गरिएको अनुगमनको आधारमा अनुदान उपलब्ध गराइने गरिएको छ । पोखरा महानगरपालिकाले आइतबार आयोजित एक कार्यक्रमका महानगर प्रमुख धनराज आचार्यले सुन्तला बगैँचा व्यवस्थापनबापतको प्रोत्साहन रकम हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा प्रमुख आचार्यले महानगरपालिकाले तोकेअनुसारको कृषिउपजको न्यूनतम समर्थन मूल्यबापतको आव २०७९/८० को रकमसमेत हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा पोखरा च्याउ उत्पादक कृषक समूहलाई ५९ हजार दुई सय २९ केजी च्याउको रु २१ लाख ४३ हजार आठ सय २२ तथा सावित्री हराभरा एकीकृत कृषि फार्मलाई गोलभेँडा २० टन, बन्दा ४० टन, काउली एक हजार पाँच सय ५३ केजी, घिरौँला एक हजार एक सय पाँच केजीको रु चार लाख २९ हजार पाँच सय ३७ को समर्थन मूल्य सहयोगको चेक हस्तान्तरण गरे ।
आर्थिक वर्ष २०७९/८० अन्तर्गत यस पालिकाभित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका एक लाख २७ हजार चार सय ९० केजी तरकारीको रु २७ लाख भुक्तानी दिएको छ । महानगरले विभिन्न २३ वटा कृषिउपजको न्यूनतम मूल्य तोकेको छ । तोकिएको न्यूनतम समर्थन मूल्यभन्दा कम पर्ने अवस्थामा कम भएको रकमको भुक्तानी महानगरपालिकाले उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्