काठमाडौं । नयाँ आर्थिक वर्ष २०८० ८१ को पहिलो दिन तरकारीको मूल्य सस्तिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको तरकारीको न्युनतम मूल्यमा हिजोको भन्दा केही गिरावट आएको छ । तुलनात्मकरुपमा तरकारीको मूल्य आइतबारको भन्दा केही सस्तो हुन पुगेको हो ।
करेला, लौका ,च्याउ, सिमी, काउली, बोडि लगायतका हरीयो तरकारीमा १० देखि ३० रुपैयाँ सम्म मूल्य घटेको छ । तर, नेपाली ठूलो गोलभेँडाको मूल्य बढेर आएको छ । आइतबार प्रतिकेजी न्युनतम ७० रुपैयाँमा बिक्री गरिएको गोलभेँडा आज ८० रुपैयाँ किलो पुगेको छ । सानो गोलभेँडाको मूल्यमा भने हिजोको तुलनामा २ रुपैयाँले घटेर आज प्रतिकेजी २८ रुपैयाँ मूल्य तोकिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज रातो आलु प्रतिकेजी ४६ रुपैयाँ मूल्य निर्धारण गरेको छ । सेतो आलुको मूल्य ३५ रुपैयाँ न्यूनतम मूल्य राखेको छ । हिजोको तुलनामा दुवैको मूल्य स्थिर छ । स्थानीय काउली प्रतिकेजी १० रुपैयाँले बढेरर ८० रुपैयाँमा किनबेच भैरहेको छ भने,भारतीय सुकेको प्याज ४८ रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ २ रुपैयाँले बढेर आज प्रतिकेजी १० रुपैयाँ तोकिएको छ ।
कालीमाटी बजारमा घिउ सिमी लोकल ७०, राजमा सिमी ११०, मूला रातो ४०, मूला सेतो लोकल २०, भन्टा लाम्चो ५०, मकै बोडी ७०, भटमासकोशा ७०, तितो करेला ४०, लौका ५०, परवल ३५, फर्सी पाकेको४५ हरियो फर्सी (डल्लो) ४०,कन्ने च्याउ १५०,डल्ले च्याउ ३००, कुरीलो २०० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ । रायोको साग प्रतिकेजी ८० रुपैयाँ,तोरीको साग प्रतिकेजी ५० रुपैयाँ,हरीयो प्याज ८० रुपैयाँ मूल्य रहेको छ ।
त्यस्तै, फलफूमा हिजोको तुलनामा सबैको मूल्य स्थिर रहेको छ । केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००,कागती १२०, अनार ४००,आँप मालदह १५०,अंगुर कालो ५५०,तरबुजा हरियो ८०, मौसम २२०,किवि ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्