×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन तस्करी प्रकरणः हङकङबाट ल्याइएको साढे सात सय किलो सुन छुट्याउन चिनियाँ सामाजिक सञ्जालको प्रयोग !

PRIME CA

सुन तस्करी प्रकरणः हङकङबाट ल्याइएको साढे सात सय किलो सुन छुट्याउन चिनियाँ सामाजिक सञ्जालको प्रयोग !

१५ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सुन तस्करी प्रकरणमा हङकङबाट सुन भित्र्याउने गिरोहले साढे सात सय किलो सुन छुट्याउन चिनियाँ सामाजिक सञ्जाल ‘वीच्याट’को प्रयोग गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागले गरेको छानबिनका क्रममा चिनियाँ गिरोहले ‘ब्रेक शु’ प्याक गरिउको काटनबाट सुन प्याक गरिएको काटन छुट्याउन ‘वीच्याट’को ‘बारकोड’ प्रयोग गरेको पाइएको हो ।

हङकङबाट प्याक भएर आएका ‘ब्रेक शु’का काटनमध्ये कुन कार्टुनमा सुन छ ? भन्ने पत्ता लगाउन गिरोहले ‘वीच्याट’को प्रयोग गरेको पाइएको विभाग स्रोतले पुष्टी गरेको छ । कार्टुनमा भएको ‘विच्याट’को ‘बारकोड’ स्क्यान गरी तस्करहरुले सुन भएको काटनको पहिचान गर्ने गरेका थिए ।

यसो त राजस्व अनुसन्धान विभागले गत शनिबार काठमाडौंको सोह्रखुट्टेमा चिनियाँ नागरिकले भाडामा लिएर सञ्चालन गर्दै आएको गोदाममा छापा मारेको थियो । जहाँबाट विभागले सुन बरामद गरिएकाजस्तै ‘ब्रेक शु’का ६६ वटा काटन बरामद गरेको थियो । जसमध्ये अधिकांश काटन खोलिएको भेटिएको थियो । यसरी खोलिएका काटनमा सुन नै रहेको विभागका महानिर्देशक नवराज ढुंगानाले बताएका छन् ।

विभागका अनुसार तस्करहरुले हङकङबाट आउने ‘ब्रेक शु’को काटनमध्ये छानीछानी केहीमा मात्रै सुन राख्ने र सो काटन नेपाल आएपछि काटनमा राखिएको ‘बारकोड’ स्क्यान गरी सुुन भएको र नभएको छुट्याउन गरेको पाइएका हो । उक्त विषयमा थप अध्ययन गरिरहेको विभागले जनाएको छ ।

पछिल्लो समय नेपालमा चिनियाँ नागरिक संलग्न भएर भएका सुन तस्करी प्रकरणमा तस्करहरुले चिनियाँ सामाजिक सञ्जाल ‘वीच्याट’को प्रयोग गरेको खुलेको हो । तस्करी प्रकरणमा संलग्न व्यक्ति पक्राउ परिसक्दा पनि तस्करीसँग सम्बन्धित सम्पूर्ण सूचना बाहिर नआएको विभागले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: