काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन जोख्न राष्ट्र बैंकमा लगिने भएको छ । बुधबार विमानस्थलबाट तस्करी गरीएको सुनको शुद्धता मापन र तौल मापनका लागि बिहीबार नै राष्ट्र बैंक लगिने भएको हो ।
तस्करी भएको सुन ८० किलो माथि रहेको अनुमान गरिएको भए पनि तौल मापन गर्दा त्यो भन्दा पनि बढी हुनसक्ने राजस्व अनुसन्धान विभागले जनाएको छ । विभागका अनुकार हाल उक्त सुन तस्करी प्रकरणमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १ जना भारतीय नागरिक रहेको विभागले जनाएको छ ।
विभागका अनुसार पक्राउ पर्नेमा स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल, सुन पास गराउन सहयोग गर्ने राम कुमार भुजेल (दिलिपका मामा), कम्पनी स्थापना गर्न सघाएका हर्कराज राई, थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक, भन्सार एजेन्ट र ट्याक्सी चालक रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । बरामद गरिएको उक्त सुन मोटरसाइकल तथा स्कुटरको ब्रेक सु तथा दाह्री काट्ने रेजरमा लुकाएर ल्याइएको पाइएको छ । उक्त प्रकरणमा थप अनुसन्धान भईरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्