Skip to content
LAXMI SUNRISE BANK

सुन प्रकरणमा ठमेलको होटल भियनामा प्रहरीको छापा, १ पक्राउ

अर्थ सरोकार

काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले १०० किलो सुन प्रकरणमा सम्बन्ध देखिएको भन्दै ठमेलको होटल भियनामा छापा मारेको छ । छापा मार्नेक्रममा विभागको टोलीले एक जनालाई पक्राउ गरेको छ ।

हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभागले होटल भियनामा छापा मारेको हो । विभागको टोलीले आइतबार बिहानदेखि भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु समेत बरामद गरेको छ ।

योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ । साउन २ गते भन्सार पास भएर ट्याक्सीमा गन्तव्यतर्फ लैजान लागेको सुन राजस्वको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट नियन्त्रणमा लिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK