×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउन १ गतेदेखि हवाई भाडा महंगिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

साउन १ गतेदेखि हवाई भाडा महंगिने !

Artha Sarokar

३१ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साउन १ गतेदेखि हवाई भाडा महंगिने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि जारी गरेको आर्थिक विधेयकमार्फत हवाई टिकटमा १३ प्रतिशत भ्याट लाग्ने भएपछि हवाई भाडा पनि महंगिने भएको हो । अब हवाई टिकटमा लाग्ने भ्याट नागरिकले तिर्ने टिकट मूल्यमा जोडिनेछ ।

योसँगै सोमबारबाट मूल्य अभिवृद्धि कर सहितको भाडादर लागू गर्ने वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा संचालक संघले जनाएको छ । आन्तरिक हवाई उडानका लागि टिकटमा यात्रु सेवा शुल्क, इन्धन खर्च र हवाई शूल्क गरि तीन शीर्षकका मूल्यको आधार मानेर टिकटको मूल्य निर्धारण हुनेगर्छ । जसमध्ये इन्धनको खर्च र यात्रु सेवा शूल्कमा सरकारले पहिले नै भ्याट लगाएको हुन्छ । बाँकी रहेको हवाई शूल्कमा भने सरकारले आव २०८०/८१ को आर्थिक विद्येयकमा गरेको व्यवस्थाअनुसार भ्याट लाग्नेछ ।

१३ प्रतिशत भ्याट हवाई शूल्कमा लाग्दा समग्र हवाई उडानको टिकटको मूल्यमा ६ प्रतिशतसम्मको बृद्धि हुने देखिन्छ । इन्धन खर्च र यात्रु सेवा शूल्कबाहेकको रकममा १३ प्रतिशत भ्याट लाग्दा गन्तव्यअनुसार सम्पूर्ण हवाई मूल्यमा वृद्धि हुने मूल्य बढिमा ६ प्रतिशतसम्म रहने देखिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी