×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग गर्दै माइतीघरमा प्रदर्शन… (फोटो-कथा)

PRIME CA

श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग गर्दै माइतीघरमा प्रदर्शन… (फोटो-कथा)

३१ असार २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाली कांग्रेसको श्रमिक संगठन नेपाल ट्रेड युनियनले, श्रमिकलाई ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । आइतबार काठमाडौंको माइतीघरमा भेला भइ नेपाल ट्रेड युनियन कांग्रेसले दवाबमुलक प्रदर्शन गरेको हो ।

प्रद्धर्शनमा सहभागि नेपाल ट्रेड युनियनका अध्यक्ष योगेन्द्र कुमार कुँवरले, प्रत्येक दुई वर्षमा श्रमिकको पारिश्रमिक वृद्धि हुनुपर्ने र न्यूनतम २५ हजार रुपैयाँ निर्धारण गर्नु पर्ने माग सम्बोधन गर्न माग गर्दै प्रर्दशन गरिएको बताए । उनले भने ‘सरकारले प्रत्येक दुई वर्षमा श्रमिकको पारिश्रमीक न्यूनतम २५ हजार रुपैयाँ निर्धारण गर्नु पर्छ भन्ने छ तर त्यो भएको छैन । सरकारलाई दबाब सिर्जना गर्नको लागि र मजुदुरले उचित पारिश्रमिक पाउन भन्ने हाम्रो माग छ ।’

‘श्रमिकको पारिश्रमिक न्यूनतम २५ हजार रुपैयाँ निर्धारण गर’ लेखिएको प्लेकार्ड लिएका उनीहरुले योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने, श्रम आयोग गठन गर्नुपर्ने, स्थानीय तहमा श्रमिकहरुको पन्जीकरण गर्नुपर्ने र नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने माग सहित प्रद्धर्शन गरेका थिए । बाँकि तस्विरमा हेर्नुहोस :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: