×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा सशुल्क प्रशारण हुँदै आएका विदेशी च्यानल आजदेखि बन्द !

PRIME CA

नेपालमा सशुल्क प्रशारण हुँदै आएका विदेशी च्यानल आजदेखि बन्द !

१ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपालमा सशुल्क प्रशारण हुँदै आएका विदेशी च्यानल आज (साउन १ गते)देखि बन्द हुने भएका छन् । ‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागे अनुसाको प्याकेजहरु उपलब्ध नगराएपछि सरकारले विदेशी च्यानल बन्द गर्ने निर्णय गरेको हो ।

उपभोक्ताको हितका लागि ल्याइएको शुल्कको प्रावधानलाई वितरकले बेवास्ता गरेपछि विदेशी च्यानलको प्रशारण नै बन्द गर्नुपरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रशारण विभागले जनाएको छ । विभागका अनुसार उपभोक्ताले जति च्यानल हेर्छन् त्यति नै बापतको शुल्क मात्र लगाउन पाउने व्यवस्था गरे पनि वितरकले कार्यान्वयन गर्न अस्वीकार गर्दै आएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७९ सालमै च्यानलको शुल्क प्रणालीमा सुधार गरी ‘आला कार्ट प्रणाली’ लागु गर्ने निर्णय गरेको थियो । उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्ने प्रणाली नै आला कार्ट हो । यो प्रणालीअनुसार च्यानलको मेनु र तिनको मासिक शुल्क प्रस्ताव गर्न वितरकलाई मन्त्रालयले भने पनि वितरकले मानेनन् ।

सोनी, जी, डिस्कभरी, स्टार, कलर्स, एचबीओ, लगायतका विदेशी च्यानलका प्याकेज दिनेहरुले त्यसको मूल्य प्रस्ताव नगरेका हुन् । यस्ता च्यानलका लागि नेपालमा तोकिएका प्रतिनिधिहरुले यस्ता च्यानलका प्याकेज यहाँका टेलिभिजन सेवा वितरकहरुलाई बेच्ने गरेका छन् । तर, उनीहरु सरकारले मागअनुसारको दररेट बुझाउन तयार नभएपछि सरकार सबै सशुल्क विदेशी च्यान रोक्ने निष्कर्षमा पुगेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: