×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अप्पर लोहोरे खोला हाईड्रोपावरको आइपिओ बाँडफाँड

PRIME CA

अप्पर लोहोरे खोला हाईड्रोपावरको आइपिओ बाँडफाँड

१० श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अप्पर लोहोरे खोला हाईड्रोपावर कम्पनी लिमिटेडको आइपिओ बाँडफाँड भएको छ । हाइड्रोपावरले ५ करोड ९ लाख ८० हजार ४ सय रुपैयाँ बराबरको ५ लाख ९ हजार ८ सय ४ कित्ता साधारण सेयर मध्ये आयोजना अति प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं. २ र ३, दैलेखका स्थानीय बसिन्धाहरुको लागि २ लाख ५४ हजार ९ सय २ कित्ता र प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं. २ र ३ बाहेकका अन्य दैलेख जिल्लाका स्थायी बासीन्दाहरुको लागि २ लाख ५४ हजार ९ सय २ कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

उक्त सेयरमा ८ सय ६६ जना आवेदकहरुबाट २ लाख १७ हजार २ सय ५० कित्ता सेयर खरिदको लागि आवेदन प्राप्त भएको थियो । सो मध्ये अति प्रभावित क्षेत्रका बासीन्दाहरुलाई छुट्याईएको सेयर खरिदका लागि एक जना आवेदकबाट २ सय ५० कित्ता र प्रभावित क्षेत्रका बासीन्दाहरुलाई छुट्याईएको सेयर खरिदको लागि ३० जना आवेदकहरुबाट २२ हजार २ सय ६० कित्ता सेयर खरिदको लागि रितपुर्वक आवेदन प्राप्त नभएको हुँदा उक्त आवेदनहरुलाई रद्द गरिएको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले जनाएको छ ।

साथै, अति प्रभावित क्षेत्रका बासीन्दाहरुका लागि छुट्याइएको सेयर खरिदको लागि ७१ जना आवेदकहरुबाट प्राप्त ११ हजार ७ सय ७० कित्ता सेयर र आयोजना प्रभावित क्षेत्रका बासीन्दाहरुका लागि छुट्याइएको शेयर खरिदको लागि ८ सय ३६ जना आवेदकहरुबाट १ लाख ९४ हजार ९ सय ९० कित्ता सेयर खरिदको लागि आवेदन प्राप्त भएको  थियो ।

सोहि अनुसार आवेदकहरुले माग गरे बमोजिम नै सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । साथै उक्त सेयर बाँडफाँडको नतिजा क्यापिटलको वेवसाईट www.nicasiacapital.com बाट हेर्न सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: