×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ असार २२ गते बाँडफाँट हुने, कति जनाले पाउँदैछन् सेयर ?

PRIME CA

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ असार २२ गते बाँडफाँट हुने, कति जनाले पाउँदैछन् सेयर ?

२० असार २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ बाँडफाँट हुने भएको छ । हाइड्रोपावरको असार २२ गते शुक्रबार गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने भएको हो ।

कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५ सय कित्ता आईपीओ बिक्री खुला गरेको थियो । कुल ६ लाख ५० हजार कित्ता सेयर आइपीओमध्ये १० प्रतिशत अर्थात ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् १३ हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

उक्त आईपीओमा मागभन्दा २५.७७ गुणा बढी आवेदन परेको छ । यसमा १२ लाख ८२ हजार ४ सय ६३ जनाले कुल १ करोड ३९ लाख ६४ हजार ७१० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ५३ हजार ९ सय ५० जनाले मात्र सेयर हात पार्ने कम्पनीले जनाएको छ ।

रेटिङ एजेन्सी केयर नेपालले अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: