काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार शुक्रबार गोलभेडाको मूल्य १० रुपैयाँले बढेको छ । बिहीवार न्यूनतम ८० रुपैयाँमा विक्रि भएको नेपाली ठूलो गोलभेँडा १० रुपैयाँले बढेर ९० रुपैयाँमा बिक्री भईरहेको छ । रातो आलुको मूल्य ४५ रुपैयाँ रहेको छ ।
त्यस्तै, स्थानीय काउलीको मूल्य पनि १० रुपैयाँले बृद्धि भएको छ । बिहिबार स्थानीय काउलीको मूल्य ५० रुपैयाँ रहेको थियो भने आज ६० रुपैयाँ पुगेको छ । लोकल बन्दाको मूल्य भने ८ रुपैयाँ प्रतिकेजी कायम रहेको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००, घिउ सिमी लोकल ११०, मूला रातो ४०, भन्टा लाम्चो ८०, मकै बोडी ९०, घिउ सिमी हाइब्रीड १२०, भटमासकोशा ९०, तितो करेला १००, लौका ७०, फर्सी पाकेको ४० प्रतिकेजी मूल्य र्निधारण गरेको छ । त्यस्तै, पालूगो सागप्रति केजी ८० रुपैयाँ तोकिएको छ ।
केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००, कागती १४०, अनार ४००, आँप मालदह ७०, आँप दसहरी ८०, अंगुर कालो ५५०, तरबुजा हरियो ८० रुपैयाँ प्रतिकेजी तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्