काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडाको मूल्य स्थिर नै रहेको छ ।
मंगलबार ९० रुपैयाँ न्यूनतम मूल्यमा बिक्रि भएको नेपाली ठूलो गोलभेँडाको मूल्य बुधबारको लागि ९० रुपैयाँ नै तोकिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले रातो आलु ४५ र सेतो आलुको मूल्य ३४ रुपैयाँ न्यूनतम मूल्य तोकेको छ ।
त्यस्तै, स्थानीय काउलीको मूल्य भने १० रुपैँयाले बढेर आएको छ । मंगलबार प्रतिकेजी काउली ७० रुपैयाँमा बिक्रि भएकोमा आज यसको न्युनतम मूल्य प्रतिकेजी ८० पुगेको छ । लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।
यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ९०, घिउ सिमी लोकल १००, राजमा सिमी ११०, मूला रातो ४०, मूला सेतो लोकल १०, भन्टा लाम्चो ७०, मकै बोडी ९०, भटमासकोशा ९०, तितो करेला ७०, लौका ६०, परवल ५०, फर्सी पाकेको ४०,कन्ने च्याउ १४०,डल्ले च्याउ २५०, कुरीलो २०० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भईरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
यता, पालुंगो साग प्रतिकेजी ८० रुपैयाँ, रायोको साग पनि प्रतिकेजी ११० रुपैयाँ तथा तोरीको साग प्रतिकेजी ५० रुपैयाँ,हरीयो प्याज ६० रुपैयाँ मूल्य रहेको छ । फलफूलमा, केरा दर्जन १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००,कागती १४०, अनार ४००,आँप मालदह ११०,अंगुर कालो ५५०,तरबुजा हरियो ८०, मौसम २२०,किवि ८००, लिच्ची १५० रुपैयाँ प्रतिकेजी तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्