काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको तरकारीको न्युनतम मूल्यमा हिजोको भन्दा केही गिरावट आएको छ । तुलनात्मकरुपमा तरकारीको मूल्य सोमबारको भन्दा केही सस्तो हुन पुगेको हो । तर, च्याउ, कुरीलो सानो लोकल गोलभेँडामा भने ३० देखि ५० रुपैयाँसम्म मूल्य बढेको छ ।
जसअनुसार ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी ८० रुपैयाँ रहेको छ । सानो गोलभेँडाको मूल्यमा भने हिजोको तुलनामा १२ रुपैयाँले बढेर आज प्रतिकेजी ४० रुपैयाँ पुगेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले रातो आलु प्रतिकेजी ४६ रुपैयाँ मूल्य निर्धारण गरेको छ । सेतो आलुको मूल्य ३५ रुपैयाँ न्यूनतम मूल्य राखेको छ । हिजोको तुलनामा दुवैको मूल्य स्थिर छ । स्थानीय काउली प्रतिकेजी १० रुपैयाँले घटेर मंगलबार ७० रुपैयाँमा किनबेच भईरहेको छ भने भारतीय सुकेको प्याज ४८ रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ प्रतिकेजी १० रुपैयाँ रहेको छ ।
कालीमाटी बजारमा गाजर लोकल प्रतिकेजी १००,घिउ सिमी लोकल ४०, राजमा सिमी ११०, मूला रातो ४०, मूला सेतो लोकल १५, भन्टा लाम्चो ७०, मकै बोडी ६०, भटमासकोशा ६०, तितो करेला ४०, लौका ६०, परवल ३५, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो)४०,कन्ने च्याउ १५०,डल्ले च्याउ ३४०, कुरीलो २५० र स्कूस ६० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भईरहेको छ । रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ९० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
त्यस्तै, फलफूमा केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ २० हिजोको तुलनामा २० रुपैयाँले बढेर प्रतिकेजी ३२० पुगेको छ । कागती ११०, अनार ४००, आँप मालदह १५०, अंगुर कालो ५५०, तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्