Skip to content
LAXMI SUNRISE BANK

यस्तो छ शुक्रबार फलफूल तथा तरकारीको मूल्य

अर्थ सरोकार

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूची अनुसार बिहीवारको तुलनामा गाजरको मूल्यमा १० रुपैयाँ बृद्धि भएको छ । प्रतिकेजी ११० रुपैयाँ रहेको गाजरको मुल्य आज १२० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ । काउलीको मूल्य भने स्थिर नै रहेर ८० रुपैयाँमा किनबेच भईरहेको छ ।

त्यस्तै, लोकल सानो गोलभेँडाको मूल्य ५ रुपैयाँ बढेर ४० रुपैयाँ निर्धारण गरिएको छ भने ठूलो गोलभेँडाको मुल्य ८० रुपैयाँ रहेको छ । समितिका अनुसार रातो आलु नेपाली प्रतिकेजी ४८ रुपैयाँ मूल्य निर्धारण गरेको छ भने सेतो आलुको मूल्य ३५ रुपैयाँ न्यूनतम मूल्य राखेको छ ।

कालीमाटी बजार विकास समितिका अनुसार भारतीय सुकेको प्याज ५० रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ प्रतिकेजी १० रुपैयाँ रहेको छ । यस्तै, घिउ सिमी लोकल ५०, मूला रातो ३०, मूला सेतो लोकल १५, भन्टा लाम्चो ४०, मकै बोडी ६०, भटमास कोशा ८०, तितो करेला ४०, लौका ६०, परवल ५०, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ५०, कन्ने च्याउ १८०, डल्ले च्याउ ३४०, काँक्रो लोकल ५०, कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ । रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ९० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

त्यस्तै, फलफूमा केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ प्रतिकेजी ३४० पुगेको छ । कागती ११०, अनार ३८०, आँप मालदह १५०, अंगुर कालो ५५०, तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK