काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । तरकारी बजारले सार्वजनिक गरेको मूल्यसूची अनुसार कन्य च्याउमा शनिबारको तुलनामा १० रुपैयाँ र डल्ले च्याउमा प्रतिकेजी ५० रुपैयाँ बढेर आएको छ ।
यस्तै, मकै बोडिको मूल्य प्रतिकेजी २० रुपैयाँले घट्दा भन्टा र लौकामा १० रुपैयाँ प्रतिकेजी मूल्य घटेर आएको छ । त्यस्तै,समितिले आइतबारको लागि लोकल सानो गोलभेँडाको मूल्य ३५ रुपैयाँ तोकेको छ भने ठूलो गोलभेँडा ८० रुपैयाँ तोकेको छ । समितिका अनुसार रातो आलु नेपाली प्रतिकेजी ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ भने,सेतो आलुको न्यूनतम मूल्य ३५ रुपैयाँ रहेको छ ।
समितिका अनुसार भारतीय सुकेको प्याज ५० रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ प्रतिकेजी १२ रुपैयाँ पुगेको छ । यस्तै, घिउ सिमी लोकल ३०, मूला रातो ३०, मूला सेतो लोकल १५, भन्टा लाम्चो ४०, मकै बोडी ४०, भटमासकोशा ७०, तितो करेला ५०, लौका ५०, परवल ५०, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ५०, कन्ने च्याउ १८०, डल्ले च्याउ २८०, काँक्रो लोकल ६०, कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ । रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ७० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
त्यस्तै, फलफूमा केरा दर्जनको १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ प्रतिकेजी ३५० पुगेको छ । कागती हिजोको तुलनामा प्रतिकेजी ५० रुपैयाँले बढेर २०० पुगेको छ ।अनार प्रतिकेजी ४००, आँप मालदह १५०, अंगुर कालो ५५०, तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी मूल्य तोकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्