काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । तरकारी बजारले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो तरकारी र केही फलफूलको मूल्य सोमबार केही घटेर आएको छ ।
तरकारी बजार विकास समितिका अनुसार गोडभेँडाको मूल्य बढेर आएको छ भने कन्ने च्याउमा २० रुपैयाँ घट्दा डल्ले च्याउ प्रतिकेजी २० रुपैयाँले बढेर आएको छ । परवलमा पनि प्रतिकेजी १५ रुपैयाँँले घटेर छ ।
त्यस्तै, ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकेको छ । लोकल सानो गोलभेँडाको मूल्य ४० रुपैयाँ छ । समितिका अनुसार रातो आलु नेपाली प्रतिकेजी ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ भने सेतो आलुको न्यूनतम मूल्य ३ रुपैयाँले बढेर ३८ रुपैयाँ पुगेको छ । भारतीय सुकेको प्याज ४९ रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ प्रतिकेजी १२ रुपैयाँमा कायम रहेको छ ।
त्यस्तै, घिउ सिमी लोकल ३०, मूला रातो ३०, मूला सेतो लोकल १२, भन्टा लाम्चो ४०, मकै बोडी ४०, भटमासकोशा ७०, तितो करेला ५०, लौका ६०, परवल ३५, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ५०, कन्ने च्याउ १६०, डल्ले च्याउ ३००, काँक्रो लोकल ५०, कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भईरहेको छ । रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ७० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
त्यस्तै, फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ प्रतिकेजी ३५० नै कायम छ । कागती प्रतिकेजी ४० रुपैयाँले घटेर १६० रुपैयाँमा किनबेच भईरहेको छ । अनार प्रतिकेजी २० रुपैयाँले घटेर ३८०, आँप मालदह १५०, अंगुर कालो ५५०, तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ६० रुपैयाँ प्रतिकेजी मूल्य तोकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्