काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । तरकारी बजारले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो तरकारी र केही फलफूलको मूल्य केही घटेर आएको छ । हरियो प्याज र गोडभेँडामा प्रतिकेजी १० रुपैयाँ मूल्य बढ्दा भन्टा,लौका,कन्य च्याउको मूल्य १० रुपैयाँ प्रतिकेजीले घटेर आएको छ ।
तरकारी बजार विकास समितिका अनुसार गोडभेँडाको मूल्य बढेर आएको छ । ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १०० रुपैयाँ पुगेको छ । लोकल सानो गोलभेँडाको मूल्य ३५ रुपैयाँ रहेको छ । समितिका अनुसार रातो आलु नेपाली प्रतिकेजी २ रुपैयाँले घटेर ४८ रुपैयाँ र सेतो आलुको न्यूनतम मूल्य ३ रुपैयाँले घटेर ३५ रुपैयाँमा किनबेच भईरहेको छ । भारतीय सुकेको प्याज ४८ रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै, घिउ सिमी लोकल ३०, मूला रातो ३०, मूला सेतो लोकल १२, भन्टा लाम्चो ३०, मकै बोडी ५०, भटमासकोशा ७०, तितो करेला ५०, लौका ५०, परवल ३५, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ५०, कन्ने च्याउ १५०, डल्ले च्याउ ३००, गाजर ११०,काँक्रो लोकल ५०, कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ । रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ८० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी बजार विकास समितिका अनुसार फलफूलमा केरा दर्जनको १५० रुपैयाँ तोकिएको छ । आज फूजी स्याउ प्रतिकेजी ३५० नै कायम छ । कागती हिजोको तुलनामा प्रतिकेजी १० रुपैयाँले घटेर १५० मा झरेको छ । अनारको भाउ आज ३० रुपैयाँले घटेको छ । हिजो प्रतिकेजी ३८० रहेको अनार आज ३५० मा पाइने छ । आँप मालदह १५०, अंगुर कालो ५५०, तरबुजा हरियो ८०, मौसम २४०, किवि ८००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ६० रुपैयाँ प्रतिकेजी मूल्य तोकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्