काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी ९० रुपैयाँ रहेको छ । लोकल सानो गोलभेँडाको मूल्य ३५ रुपैयाँ, रातो आलु ४८ रुपैयाँ र सेतो आलुको न्यूनतम मूल्य ३४ रुपैयाँ रहेको छ ।
समितिका अनुसार स्थानीय काउली ८० रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा गाजरको मूल्यमा गिरावट आएको छ । बुधबार प्रतिकेजी ११० रुपैयाँमा पुगेको गाजर आज ९० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ ।
यस्तै, घिउ सिमी लोकल ३०, मूला रातो २५, मूला सेतो लोकल १५, भन्टा लाम्चो ३०, मकै बोडी ४०, भटमासकोशा ८०, तितो करेला ५०, लौका ५०, परवल ३५, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ६०, कन्ने च्याउ १५०, डल्ले च्याउ २६०, काँक्रो लोकल ५०, कुरीलो २५० र स्कूस ७० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भईरहेको छ । रायोको साग प्रतिकेजी ८० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ७० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
त्यस्तै, फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३५० नै कायम छ । कागती हिजोको तुलनामा प्रतिकेजी १० रुपैयाँले बढेर १४० मा पुगेको छ । अनार ३०० रुपैयाँ न्युनतम मूल्यमा पाइने छ । आँप मालदह १२०, अंगुर कालो ५० रुपैयाँले घटेर ५०० रुपैयाँ तोकिएको छ । तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्