काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, नेपाली ठूलो गोलभेँडाको मूल्य न्युनतम मूल्य प्रतिकेजी १२० रुपैयाँ, लोकल सानो गोलभेँडा ४० रुपैयाँ कायम गरेको छ ।
समितिका अनुसार रातो आलु ४८ रुपैयाँ र सेतो आलुको न्यूनतम मूल्य ३४ रुपैयाँ रहेको छ । स्थानीय काउलीको मूल्य पनि स्थिर नै रहेर ७० रुपैयाँ न्युनतम मूल्यमा बिक्री भईरहेको छ । यस्तै, गाजरको मूल्य पनि स्थिर नै रहेर प्रतिकेजी ११० रुपैयाँमा किनबेच भईरहेको छ ।
यस्तै, घिउ सिमी लोकल २५, गान्टे मुला ७०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, भटमासकोशा ८०, तितो करेला ४५, लौका ४०, परवल ३५, घिरौला ३०, फर्सी पाकेको ४०, हरियो फर्सी (डल्लो) ७०, कन्ने च्याउ १६०, डल्ले च्याउ ३६०, काँक्रो लोकल ४० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भईरहेको छ । रायोको साग प्रतिकेजी ८० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ७० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
फलफूलमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३५० नै कायम छ । कागती १३० रुपैयाँमा विक्रि भईरहेको छ । अनार ३०० रुपैयाँ न्युनतम मूल्यमा पाइने छ । आँप मालदह १८०, अंगुर कालोको ५०० रुपैयाँ मूल्य तोकिएको छ । तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्