×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार यस्तो छ फलफूल तथा तरकारीको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बिहीबार यस्तो छ फलफूल तथा तरकारीको मूल्य

Artha Sarokar

१८ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १६० रुपैयाँ छ, लोकल सानो गोलभेँडाको मूल्य ९४ रुपैयाँ कायम गरेको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ रहेको छ भने  स्थानीय काउलीको मूल्य ६० रुपैयाँ रहेको छ ।

यस्तै, गाजर प्रतिकेजी १०० रुपैयाँमा बिक्रि भएको छ भने घिउ सिमी लोकल ३०, मुला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, भटमासकोशा ८० रुपैयाँ तोकिएको छ । तितो करेला ३०, लौका ४०, परवल ३५, घिरौला ३०, फर्सी पाकेको ४०, कन्ने च्याउ १६०, डल्ले च्याउ ३००, काँक्रो लोकल ४० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ । रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ७० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

यता, फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३२० नै कायम छ । कागती १३० रुपैयाँमा विक्रि भईरहेको छ । अनार ३२० रुपैयाँ न्युनतम मूल्यमा पाइने छ । आँप मालदह १८०, अंगुर कालोको ४५० रुपैयाँ मूल्य तोकिएको छ । मौसम २२०, किवि ७००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ८० रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी