काठमाडौं । निर्माण व्यवसायी महासंघले पहिलो चरणको आन्दोलन सकिएसँगै दोस्रो र तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले आफ्ना मागहरु पुराहरु सम्बोधन नगरेको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
राष्ट्रिय भेलामार्फत पहिलो चरणको संघर्षका कार्यक्रमहरु सम्पन्न हुँदा समेत आफ्ना मागहरु सम्बोधन नभएकाले दोस्रो र तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने निर्णय गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । ‘यसरी हाम्रा जायज मागहरु हालसम्म सम्बोधन नभएको हुँदा महासंघकै निर्णयानुसार दोश्रो र तेश्रो चरणका कार्यक्रमहरु घोषणा गर्न बाध्य भएका हौं ।’, उनले भने, ‘दोस्रो चरणको आन्दोलन थप सशक्त हुन्छ ।’
महासंघले दोश्रो चरणको आन्दोलनका कार्यक्रम अन्र्तगत सोमबारदेखी २६ गतेसम्म सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी सहित हरेक दिन बिहान ९ः०० बजेबाट महासंघदेखि संसद भवनसम्म सिठ्ठी जुलुस प्रर्दशन गरिनेछ । त्यस्तै, संसद भवन अगाडि कोण सभा गर्ने र संसद भवनदेखि माइतीघर मण्डला-बबरमहल हुँदै हुनमानस्थानमा सिठ्ठी जुलुससहित धर्ना दिनेलगायतका कार्यक्रम गर्ने महासंघले जनाएको छ ।
दोस्रो चरणको आन्दोलनबाट पनि सरकारले माग सम्बोधन नगरे २८ गते सोमबारदेखि तेस्रो चरणको आन्दोलन सुरु महासंघको चेतावनी छ । तेस्रो चरणका कार्यक्रममा अत्यावश्यक बाहेकका सबै निर्माण कार्यहरु अनिश्चितकालका लागि बन्द गर्ने, विकासे विभागहरुमा पालैपालो बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म एक घण्टा धर्ना तथा तालाबन्दी गर्ने, निर्माण विज्ञलगायत सरोकारवालाहरुबीच सार्वजनिक सुनवाई सहितको टेलिभिजन मार्फत लाईभ अन्तरक्रिया कार्यक्रमहरु गर्नका साथै थानकोट नाका र भक्तपुरको साँगा मुख्य नाकाहरुमा आलो पालो गरी दैनिक रुपमा एक घण्टा सडकमा ‘चक्काजाम’ गरी नाका बन्द गर्ने उनीहरुको चेतावनी छ ।
महासंघले पहिलो चरणको आन्दोलनमा पनि पूर्व निर्धारित कार्यक्रम अनुसार विभिन्न विरोध र धर्ना कार्यक्रम गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्