×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्माण व्यवसायीहरुको आन्दोलन: तस्विरमा हेर्नुहोस ‘हेल्मेट’ र ‘कालो पट्टि’सहित सडकमा उत्रिएको जुलुस (फोटो-कथा)

PRIME CA

निर्माण व्यवसायीहरुको आन्दोलन: तस्विरमा हेर्नुहोस ‘हेल्मेट’ र ‘कालो पट्टि’सहित सडकमा उत्रिएको जुलुस (फोटो-कथा)

अर्थ सरोकार

२४ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानी, म्याद थप लगायतका नौ बुँदे माग राख्दै विरोध प्रदर्र्शन गरेको छ । बुधबार महासंघले काठमाडौंमा सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार आफुहरुले सरकारलाई काम गर्ने कार्यतालिका दिने र सरकारले आफुहरुलाई भुक्तानी गर्ने कार्यतालिका दिनुपर्ने बताएका छन् । ‘सरकारलाई काम गर्ने कार्यतालिका हामी दिन्छौं । सरकारले हामीलाई भुक्तानी गर्ने कार्यतालिका दिनुपर्छ ।’, उनले भने, ‘यो विगतको सरकारले गरेको गल्ती हो भनेर सरकार पन्छिरहेको छ । यसको लागि प्रधानमन्त्री र अर्थमन्त्री जिम्मेवार हुनुपर्छ ।’

अध्यक्ष सिंहले राज्यले आफ्नो आन्दोलनलाई स्वीकारेर माग सम्बोधन नगरे सम्म आन्दोलन जारी रहने बताएका छन् । राज्यले यसको जिम्मेवारी नलिने हो भने निमार्ण व्यवसाय अगाडि बढ्न नसक्ने उनको भनाइ रहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: