×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गममा कर्मचारी अभावले सेवा प्रवाहमा समस्या, सिडिओ भन्छन्– ‘सरुवा भएर पनि कर्मचारी आउँदैनन्’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दुर्गममा कर्मचारी अभावले सेवा प्रवाहमा समस्या, सिडिओ भन्छन्– ‘सरुवा भएर पनि कर्मचारी आउँदैनन्’

Artha Sarokar

५ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जिल्ला प्रशासन कार्यालय अछाममा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भएको छ । प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतको अभावमा सेवा प्रवाहमा समस्या देखिएको हो ।

कार्यालयमा लामो समयदेखि सहायक प्रमुख जिल्ला अधिकारी नहुँदा सेवा प्रवाहका कठिनाई भएको प्रमुख जिल्ला अधिकारी (सिडिओ) शरद कुमार पोखरेलले बताएका छन् । अहिले हामीकहाँ जिल्ला र इलाका गरी दुईवटा प्रशासन कार्यालय छन् । तर, हाल इलाका प्रशासन कार्यालय सञ्चालनमा छैन ।’, उनले भने, ‘जिल्ला प्रशासन कार्यालयमा पनि अहिले सहयक सिडिओ र अधिकृतहरु छैनन् । कर्मचारी सरुवा भएर जाने तर नआउने भएका कारण अहिले सेवा प्रवाहमा समस्या छ ।’

दुईवटा प्रशासकीय अधिकृतको दरबन्दी भएको कार्यालयान जेठ १ गते प्रशासकीय अधिकृत मीनराज आचार्यको सरुवा भएपछि काजमा आएका दैलेख जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भूपेन्द्र थापा गत जेठ २८ देखि असार ८ गतेसम्म काम गरेर फर्किएका थिए । त्यसपछि बाजुरा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार तिमिल्सेनाले गत असार १० देखि साउन १ गतेसम्म काजमा आएर काम गरी बाजुरा फर्केपछि डोटी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले साउन ३ गतेदेखि काजमा आएर काम गरिरहेका छन् ।

कार्यालयमा २२ कर्मचारीको दरबन्दीमध्ये नौ वटा पद रिक्त छन् । दरबन्दीअनुसार एक सहायक प्रमुख जिल्ला अधिकारी र दुई प्रशासकीय अधिकृत हुनुपर्ने भए पनि कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतविहीन हुन पुगेका छन् । त्यस्तै, पाँच नायबसुब्बाको दरबन्दीमा एक जनामात्रै छन् भने तीन खरिदारको दरबन्दीमा दुई र दरबन्दीका दुई कम्प्युटर अपरेटरले करारमा काम गरिरहेका छन् ।

यसअघि दुई प्रशासकीय अधिकृतमध्ये एक दिपेश रिजालको गत २०७९ माघ ४ गते र मीनराज आचार्यको यही जेठ १ गते सरुवा भएको थियो । असार २४ गते गृह मन्त्रालयले प्रशासकीय अधिकृत रामप्रसाद शर्मा र यादव भण्डारीलाई उक्त कार्यालयमा सरुवा गरेकामा दुबैजना सरुवा भएको महिनौँ पुग्दासमेत हाजिर हुन आएका छैनन् । कर्मचारी अभावले दैनिक कामकाजमा समस्या हुँदै आएको प्रमुख जिल्ला अधिकारी पोखरलले बताएका छन् ।

‘कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी अभाव छ । आफै बिहानदेखि बेलुकासम्म खटेको छु । सेवा प्रवाहमा साह्रै समस्या छ ।’, सिडिओ पोखरलले भने, ‘सरुवा भएर पनि कर्मचारी आउने नमान्ने अवस्था छ ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी