काठमाडौं । चीनबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव स्वदेश फर्किने भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द गरिएको छ । सोमबार उपराष्ट्रपति यादव नेपाल फर्किने तालिकाअनुसार सोमबार दिउँसो २ बजेदेखि नै विमानस्थल बन्द गरिएको हो ।
उपराष्ट्रपति यादवको स्वदेश फर्किने तालिकाअनुसार दिउँसो ३ः२० देखि ३ः५० सम्म विमानस्थल बन्द गर्ने सेड्युल भए पनि सेड्युलभन्दा ४५ मिनेटअघिदेखि नै विमानस्थल बन्द गरिएको छ । तर, पूर्वनिर्धारित तालिका भन्दा अघि नै उपराष्ट्रपति यादव स्वदेश फर्किने भएपछि विमानस्थल बन्द गरिएको हो ।
सोमबार विमानस्थल अघोषित रुपमा बन्द भएपछि यात्रुहरु मर्कामा परेका छन् । यता एयरलाइन्स कम्पनीहरुले पनि तालिका भन्दा अघि नै विमानस्थल बन्द गर्ने निर्णयबारे कुनै पनि जानकारी नभएको दाबी गरेका छन् । विमानस्थल बन्द गर्नुअघि सूचना जारी गर्नुपर्ने भए पनि सोमबार अघोषित रुपमा विमानस्थल बन्द गरिएको हो ।
अब उपराष्ट्रपति यादव त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि मात्रै विमानस्थल सञ्चालन हुनेछ । उपराष्ट्रपति यादव कुनमिङमा आयोजना भएको सातौं चीन–दक्षिण एसिया एक्स्पो तथा २७ औं चीन आयात–निर्यात एस्क्पोमा सहभागी भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्