×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आर्थिक पत्रकारिता अप्सनल म्याथ जस्तै हो, जटिल छ तर तथ्यमा आधारित छ’- अमनलाल मोदी

PRIME CA

‘आर्थिक पत्रकारिता अप्सनल म्याथ जस्तै हो, जटिल छ तर तथ्यमा आधारित छ’- अमनलाल मोदी

अर्थ सरोकार

२१ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आर्थिक पत्रकारिता ‘अप्सनल म्याथ’ जस्तै भएको बताएका छन् । अर्थ सरोकार डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मोदीले यस्तो बाताएका हुन् ।

‘आर्थिक पत्रकारिता ‘अप्सनल म्याथ’ जस्तै हो । जटिल छ तर तथ्यमा आधारित हुन्छ ।’, मन्त्री मोदीले भने, ‘यही जटिल कामलाई सात वर्षसम्म निरन्तर गर्दै आएको अर्थ सरोकार डटकमलाई आठौं वार्षिकोत्सवको शुभकामना । आगामी दिनमा पनि तपाईहरुको खबरदारी निरन्तर रहिरहोस् ।’

कार्यक्रममा बोल्दै मन्त्री मोदीले निजामती सेवा विधेयक आगामी साता मन्त्रिपरिषद्मा पेस हुने बताएका छन् । आफू पदमा आएको पहिलो दिनदेखि उक्त विधेयक निर्माणमा लागेको जनाउँदै अर्थ मन्त्रालय र कानून मन्त्रालय हुँदै विधेयक आगामी साता क्याबिनेटमा जाने जानकारी दिएका हुन् ।

उनले ढुङ्गा–गिट्टी तथा फोहरमैला व्यवस्थापनसम्बन्धी बेग्ला-बेग्लै विधेयक पनि ल्याउने तयारी भएको बताएका छन् । मन्त्री मोदीले निजामती कर्मचारी स्थायी सरकार भएकाले जहाँ आवश्यक पर्छ त्यहाँ जान तयार हुनुपर्ने पनि बताएका छन् ।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पछिल्लो समयमा नीतिगत सुधारका कारण पूँजी बजारमा सुधार आएको बताएका छन् । सातौँ वार्षिकोत्सवको अवसरमा अर्थ सरोकार डटकमलाई बधाई दिँदै अध्यक्ष हमालले थप प्रगतिको कामना गरेका छन् । त्यस्तै, कार्यक्रममा आर्थिक मिडिया सञ्चालक संघ (इमान)का अध्यक्ष रोयल आचार्यले मुलुकको आर्थिक समृद्धिका लागि सञ्चार क्षेत्रको पनि सकारात्मक भूमिका हुने बताएका छन् ।

कार्यक्रममा अग्रज लगानीकर्ता निर्मल प्रधान, छोटेलाल रौनियार, सुबासचन्द्र भट्टराई, शिवचन्द्र, नवराज बुर्लाकोटी, अम्बिका पौडेल, इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल लगायतको उपस्थिति रहेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: