काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले देशमा राम्रो काम भईरहेको बेलामा नकारात्मक कुरा हावी भएको गुनासो गरेका छन् । मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो गुनासो गरेका हुन् ।
पछिल्लो समय सरकार भ्रष्टाचार शुन्य सहनशीलताका साथ अघि बढिरहेका बेला नकारात्मक कुरा हावी भएको अर्थमन्त्रीको भनाई रहेको छ । ‘यो देशमा यसै पनि नकारात्मक कुराहरु लोकप्रिय हुन्छ । अहिले सरकारले गम्भीर काम गरिरहेको छ ।’, उनले भने, ‘यस्तो सिरियस कुारमा सबैले सकारात्मक भएर सहयोग गर्नुपर्छ ।’
त्यस्तै, अर्थमन्त्री महतले पछिल्लो समय जटिल अवस्थामा पुगेको अर्थतन्त्र क्रमिक रुपमा सुधारको बाटोमा लागिरहेको बेला सबैलाई सकारात्मक भएर सहयोग गर्न पनि आग्रह गरेका छन् ।
त्यस्तै, टयाक्सको बाटोमा नआएकाहरुलाई ट्रयाकमा ल्याउनु पर्ने कार्यमा सरकारले प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने पनि अर्थमन्त्रीको भनाई रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्