×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेशमा मृत्यु हुने श्रमिकको परिवारलाई १० लाख दिइने !

PRIME CA

विदेशमा मृत्यु हुने श्रमिकको परिवारलाई १० लाख दिइने !

२५ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । विदेशमा मृत्यु भएका श्रमिकको परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ती पाउने भएका छन् । वैदेशिक रोजगार बोर्डले रोजगारीका क्रममा विदेशमा मृत्यु भएका नेपाली श्रमिकका परिवारलाई आर्थिक सहायता स्वरुप १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको हो ।

बोर्डले यसअघि नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएमा परिवारलाई ७ लाख रुपैयाँ दिँदै आएको थियो । तर, अब भने सो रकम बढाएर १० लाख रुपैयाँ पुर्याएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट प्रदान गरिनेछ ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृति लिँदा दुई हजार पाँच सय रुपैयाँ अनिवार्य रुप्मा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । सोही कोषबाट मृतकका परिवारलाई आर्थिक सहयोग प्रदान गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

सोही पत्रकार सम्मेलनमार्फत सचिव भण्डारीले मन्त्रालयको आगामी कार्यदिशामा तालिमयुक्त जनशक्ति निर्माण गर्ने, परामर्श सेवाप्रदायक संस्था लगायत व्यवसायी तथा व्यक्तिगत ठगी नियन्त्रण गर्ने, सेवा शुल्क, घरेलु कामदार, माग प्रमाणिकरण र सूचना सम्प्रेषणमा एकरुपता ल्याउने जानकारी दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: